जेभियर्स र एलए फाइनलमा

आयोजक सेन्ट जेभियर्स, गोदावरी र लिटिल एन्जल्स  २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । गत संस्करणमा पनि यी दुई टिम नै उपाधिका लागि भिडेका थिए । त्यसमा एलए विजयी भएको थियो ।
जेभियर्सले मोर्डन इन्डियन स्कुललाई १–० गोलले पराजित ग¥यो । सुभय महर्जनले निर्णायक गोल गरे । एलएले मोरान मेमोरियल स्कुल, महेशपुर, झापालाई २–१ गोलले हरायो । एलएका आशुतोष लवत र प्रसुन तुलाधरले १–१ गोल गरे । मोरानका युवराज राजवंशीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ ।

Comment