आयोजक सेन्ट जेभियर्स सेमिफाइनलमा

आयोजक सेन्ट जेभियर्स, गोदावरी २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेन्ट जेभियर्सले पुष्पाञ्जलीलाई ७–० गोलअन्तरले पराजित ग¥यो । सिजन विकले ४ तथा अभिषेक लो, सौगात शाही र सुहन महर्जनले १–१ गोल गरे ।
मोरान मेमोरियल स्कुल, महेशपुर, झापा पनि इडेन गार्डेनलाई ७–१ गोलअन्तरले हराउदै सेमिफाइनलमा पुग्यो । मोरानका युवराज राजवंशीले दोहोरो ह्याट्रिक गरे भने एक गोल आत्माघाती रह्यो । इडेन गार्डेनका सचिन मगरले १ गोल गरे । पहिलो खेलमा सिजन तथा दोश्रो खेलमा युवराज म्यान अफ द म्याच घोषित भए । बाँकी दुई सेमिफाइनल मंगलबार हुनेछ ।

Comment