आयोजक सेन्ट जेभियर्सको जित

२३ औ फादर मोरान स्मृती फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा आयोजक सेन्ट जेभियर्स गोदावरीले डिएभी सुसील केडिया विश्व भारतीलाई ५–१ ले पराजित गरेको छ । विजयी टोलीका लागि अभिषेक लो र मानीक चौधरीले दुइ÷दुइ गाृल गरे । सुभय मर्हजनले विजयी टोलीका लागि गोल गरे भने एल्भीन मर्हजनले डिएभलीका लागि गोल गरे । मानिक चौधरी सो खेलका म्यान अफ म्याच घोषित भए ।
अर्को खेलमा मोर्डन इन्डियन स्कुलले क्रेसेन्ट एकेडेमीलाई ३–२ ले हरायो । मोर्डन इन्डियनका लागि जेनिस दवाडीले दुइ तथा रोजन बज्राचार्यले एक गोल गरे । क्रेसेन्टका लागि सुजल तामाङ र रेयस लामाले गोल गरे । विजयी टोलीका देवराज ढुंगाना सो खेलका म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा मोरान मेमोरियल स्कुल र विद्या सस्कार स्कुलका विच गोल रहित बराबरी भयो । सो खेलमा मोरान मेमोरियलका यवराज राजबंशी म्यान अफ द म्याच भए ।

Comment