राइको गोलसंगै बिबिसीको पहिलो जित

आर्मी र पुलिस विचको खेल

नेपाल आर्मी क्लब र बीबीसीले शहिद स्मारक लिग फुटबलको शुक्रबारको खेलमा जित हात पारेका छन् । शुक्रबार भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले पराजित ग¥यो । यसैगरी, बीबीसीले एपीएफसंगको खेलमा ३–१ को जित हात पा¥यो । अर्को संकटाले पनि मच्छिन्द्र क्बललाई २–० ले पराजित ग¥यो ।
आर्मीलाई महत्वपूर्ण जित दिलाउने क्रममा टेक बहादुर बुढाथोकीले ३० औ मिनेटमा गोल गरे । बीबीसीसंगको खेलमा ६० औ मिनेटमा रुप बहादुर लामाले एपीएफलाई अग्रता दिलाएका थिए । ६४ औ मनोज राइको गोलमा फर्कीएको बीबीसीका लागि ६९ औ मिनेटमा ताजुनकुन अदुनकुने तथा ७५ औ मिनेटमा काजीन एडोगोकेले गोल गरे ।
संकटालाई जित दिलाउने क्रममा नितिन थापाले ६४ औ मिनेटमा गोल गरे भने अमित तामाङले ८६ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

Comment