बाल्टीमोरमा नेपाली मास्टरको रवाफ

बाल्टिमाेर  पार्कभिल एवार्ड प्रोग्राम मार्फत हरेक बर्ष प्रदान गरिँदै आएको यस क्षेत्रको सर्वोकृष्ट मार्शल आर्ट प्रशिक्षण केन्द्रको यस बर्षको पुरस्कार नेपालीमुलका तेक्वान्दो प्रशिक्षक  कुमार कार्की र कल्पना कार्कीले सञ्चालन गरिरहेको एभरेस्ट र्वल्ड क्लास तेक्वान्दोले प्राप्त गर्न सफल भएको छ। अमेरिकामा आफ्नो राज्य, क्षेत्र र एरियाहरु भित्रमा रहेका बिभिन्न ब्यबसाय, प्रशिक्षण केन्द्र लगायत अन्य विविध क्षेत्रहरुमा उत्कृष्ट सेवा वा काम गरे बापत प्रोत्साहन र सम्मान स्वरुप यस्ता सम्मानहरु दिने प्रचलन रहेको छ।
अवार्ड प्राप्त गर्न सफल एकडेमीका मास्टर कुमारले प्रतिस्पर्धात्मक समयमा पनि एक नेपालीले संचालन गर्दै आएको मार्शल आर्ट प्रशिक्षण केन्द्रले यसरी सर्वोकृष्टता प्राप्त गरेकोमा बाल्टिमोर मेरिल्याण्डवासी नेपालीहरुको मात्रै नभैइ सिंगै नेपाल र नेपालीहरुको शान बढेको प्रतिक्रिया ब्यक्त गरेका छन् ।  सम्पुर्ण एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो परिवारलाई हामी सम्पुर्ण नेपाली परिवारजनहरुको तर्फबाट लाखौंलाख बधाई तथा उत्तोरत्तर उन्नति प्रगतिको लागी  शुभकामना ब्यक्त गर्दै उनले आगामी दिनमा थप सफलताको अपेक्षा रहेको बताएका छन् । सन् २०१५ मा बाल्टीमोरमा स्थापीत यो एकेडेमीमा १४० प्रशिक्षार्थी छन् । नेपालमा समेत यो एकेडेमीको शाखा रहेका छन् । मास्टर कुमार र कल्पना यो एकेडेमीका प्रशिक्षक हुन् । 

 

Comment