तेक्वान्दोकर्मी जीवन सम्मानित

विगत १५ बर्ष देखि नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएका तेक्वान्दोकर्मी जीवन लिम्बुलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघले आइतबार सम्मान गरेको छ । लिम्बुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रममा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले सम्मान पत्र सहित दोसल्ला आडाएर सम्मान गरे । यस्तै संघले नवनियुक्त राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालाई समेत पूर्ण कार्यकालको लागि शुभकामना दिंदै स्वागत गरेका थिए ।
‘हङकङमा रहेर पनि नेपाली तेक्वान्दो खेलको विकासमा तपाईले खेल्नु भएको भूमिकाप्रति संघ कदर गर्दै यो सम्मानपत्र प्रदान गर्दछौँ,’ संघका अध्यक्ष महेस नेवा र उपाध्यक्ष स्वयम्भूराज डंगोलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
कार्यक्रममा खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेस, उपाध्यक्षद्वय मनोज खड्गी र स्वयम्भूराजले पनि जीवनलाई सम्मान गरेका थिए । कार्यक्रमममा जीवनले सम्मानले आफूलाई नेपाली तेक्वान्दोका लागि थप काम गर्न उर्जा मिलेका बताए । संघले पूर्वखेलाडी र प्रशिक्षकले देशका लागि दिएको योगदानको कदर गर्न सदैव लागि पर्ने जनाएको छ ।

Comment