पाकिस्तान र बंगलादेश फाइनलमा

पाकिस्तान र बंगलादेश यु–१५ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । फाइनल प्रबेश गर्ने क्रममा पाकिसतानले बिहिबार भएको सेमिफाइनलमा नेपाललाई ४–० ले पराजित गरेको हो । यस अघि भारतलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बंगलादेशको फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको बंगलादेशका लागि नियमित समयको अन्त्यमा मोहम्मद असिकुर रहमानले बराबरी गोल गरेका थिए । भारतलाई हर्ष शैलेस पाटरेले अग्रता दिलाएका थिए ।
अर्को खेलमा ५४ औ मिनेटमा जान लीम्बुले इख्तीयर अहमदको क्रस रोक्ने प्रयासमा आत्मघाती गोल गरेका थिए । मोहीब उल्लाहले ६० र ६९ औ मिनेटमा गोल गरे । मोइन अहमदले ७७ औ मिनेटमा गोल गरे ।

Comment