लिगको पहिलो खेल बराबर

यस बर्षको शहिद स्मारक लिग फुटबलको पहिलो खेलमा २–२ गोलको बराबरी भएको छ । सन्तोष तामाङले इन्जुरी समयको छैटौ मिनेटमा गोल गरे पछि विजयको नजीक पुगेको एनआरटी बराबरीमा रोकिएको हो । रोजित पुडासैनीको गोलमा १२ औ मिनेटमा अग्रता लीएको एनआरटीको विरुद्धमा आर्मीले ३८ औ मिनेटमा बराबरी गोल गरेको थियो । एनआरटीका खेलाडीको डि बक्समा ह्यान्ड भए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै तामाङले आर्मीका लागि गोल गरेका हुन् ।
तीनै तामाङले बराबरी गोल गर्नु पूर्व ६५ औ मिनेटमा राजेश परियारले एकल प्रयासमा गोल गर्दै एनआरटीलाई दोश्रो पटक अग्रता दिलाएका थिए ।

Comment