एमएमसीको दोस्रो जित

jlfc_1422618368
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा मनाङ मस्र्याङ्गदी क्लब( एमएमसी)ले लुम्बीनी फुटबल क्लबलाई १–०ले पराजित गरेको छ । पाच रातो कार्ड र एक पहलो कार्ड देखाइएको तनावपूर्ण खेलमा मनाङका लागि सुजल श्रेष्ठले गोल गरे । दुइ खेल खेलेको एमएमसी गोल भिन्नताको आधारमा थ्रीस्टार भन्दा पछि रहदै दोस्रो स्थानमा रहेको छ ।
सुरुवात देखि आक्रमक रहेको एमएमसीले पहिलो आक्रमण ३४ औ मिनेटमा गरेको थियो । सुजलको आकर्षक फ्रिकीक पछि  दिपक राइ र अनील गुरुङ्गको प्रहार बचाउदै लुम्बीनीका गोलरक्षक दिलिप क्षेत्रीले टोलीको संकट टारे । ५६ औ मिनेटमा बिराज मर्हजनको फ्रिकीकमा गोल गर्दै सुजलले टोलीलाई अघि बढाए । ८२ औ मिनेटमा लक्ष्मण रुचालले दोस्रो पहेलो कार्ड स्वरुप रातो कार्ड पाए पछि लुम्बीनी १० खेलाडीमा सिमित थियो ।

Comment