ग्रासरुट परियोजना अन्तरगतको रकम र सामग्री वितरण

ग्रासरुट विकासमा सरिक ४५ जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ( एन्फा)ले मंगलबार खेल सामग्री तथा रकम प्रदान गरेको छ । हरेक जिल्लालाई १लाख रुपैया बराबरको सामग्री तथा ५ लाख रुपैया प्रदान गरिएको हो । यसैगरी, थप १० पहाडी जिल्लालाई ५ लाख रुपैया थप प्रदान गरिएको छ । यसरी थप सहयोग पाउने पहाडी जिल्लामा बाग्लुङ, धनकुटा,दोलखा, इलाम,काभ्रे, लमजुङ,पाचथर, सिन्धुपालचोक र स्याङजा रहेका छन् ।
कार्यक्रममा परियोजना संयोजक तथा एन्फा उपाध्यक्ष उपेन्द्र मान सिंहले प्रमुख अतिथी रक्षा मन्त्री इश्वर पोख्रेल तथा जिल्ला फुटबल संघलाई कार्यक्रमबारे जानकारी गराएका थिए ।
सो अबसरमा प्रमुख अतिथी पोख्रेलले तल्ला तहबाट फुटबलको विकास गरिने कार्यबाट आफू प्रभावित भएको बताए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले तल्लो तह र जग बलियो नभइ फुटबलको विकास सम्भब नहुने भएकाले सबै जिल्ला संघले यस परियोजनाको पूर्ण उपयोग गरेर अघि बढ्नु पर्ने धारणा राखे । सो अबसरमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र प्रबत्ता किरण राइले पनि धारणा राखेका थिए ।

Comment