निराजन टोलीमा फर्कीए

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले आसन्न साफ सुजुकी कप फुटबल च्याम्पियनसीपका लागि टोलीको घोषणा गरेका छन् । नेपाल आर्मीका जर्ज प्रीन्स कार्कीका साथमा कमल श्रेष्ठ टोलीबाट बाहीरिएका छन् भने निराजन खड्का र सुमन अर्यालले टोलीमा प्रबेश पाएका छन् ।
खड्का पाचँ बर्ष पछि राष्ट्रिय टोलीमा फीर्ता भएका हुन् भने सुमन पहिलो पटक टोलीमा प्रबेश गरेका हुन् । टोलीको नेतृत्व विराज मर्हजनले गर्ने छन् । नेपालले पहिलो चरणमा आयोजक बंगलादेश,पाकिस्तान र भुटानको सामना गर्ने छ ।
घोषित टोलीको गोलरक्षकमा किरण चेम्जोंग,विकेश कुथु र एलन न्यौपाने रहेका छन् । रक्षापक्तिका दिनेश राजबंशी, देवेन्द्र तामाङ,विराज मर्हजन, अनन्त तामाङ,आदित्य चौधरी, रोहीत चन्द र सुमन अर्याल छन् । यसैगरी, मध्यपक्तिमा हेमन्त थापा मगर,हेमन गुरुङ,विसाल राइ,सुनिल बल,सुजल श्रेष्ठ र निराजन खड्का छन् । टोलीको फरवार्डमा भरत खवास,विमल घर्ती मगर,नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

Comment