टेबल टेनिस टोलीलाई बिदाई

ईन्डोनेसियमा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाण्डौ जिल्ला टेबल टेनिस संघले बिदाई ग¥यो ।संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामना सहित बिदाई गरे ।

एशियन प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुष तर्फ स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिला तर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ्ग र रविना महर्जन रहेका छन् । यस्तै टिम प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंङ्गेल तथा टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदील शाही रहेका छन् ।

टेबल टेनिस भाद्र १० देखि १६ गते सम्म आयोजना हुँदैछ । टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेको छ ।

Comment