चञ्चलाको राम्रो प्रदर्शनमा शुभेच्छुकको आश

फाइल तस्बिर

नेपालले चालु एसियाडमा कमजोर प्रदशैन गरिरहेको समयमा प्रमुख खेलको रुमपा स्थापीत करातेमा स्पर्धा भने बाकी नै रहेका छन् । यस विचमा शनीबार हुने महिला एकल कातामा नेपालको प्रदर्शन बारे धेरैको चासो रहेको छ । केही समय कराते खेलबाट टाढीएको चञ्चला दनुवारको पुनरागमनलाई धेरैले प्रतिक्षाको साथ हेरेका छन् ।
यस विचमा उनका शुभेच्छुकहरु चञ्चलाको प्रदर्शन राम्रो रहनेमा आशाबादी रहेका छन् । “ उनको स्थान कहाँ रहने हो प्रतिक्षाको विषय हो । तर, उनको प्रदर्शन राम्रो रहनेमा हामी बिश्वस्त रहेका छौ ।” नेपाल पुलिस क्लबका प्रशिक्षक नारायण राइ भन्छन् । कुनै कुराको दवाव नलीइ प्रदर्शनमा केन्द्रित रहे सकरात्मक परिणाम आउने आशा रहेको उनी बताउछन् । नेपाली करातेको आन्तरिक मनमुटावका कारण धेरै खेलाडी मर्कामा परे पनि यस पटक चञ्चलाले आफू योग्य खेलाडी भएको पुष्टि गरिसकेको समेत नारायण बताउछन् ।

Comment