मदन भण्डारी एकेडेमीबाट खेलाडी सम्मान


मदन भण्डारी स्पोर्टस् एकेडेमी मार्सलआर्ट बिभागले शेखकमल स्मृति अन्तर्रा्ष्ट्रिय कराँतेमा प्रतियोगितामा पदक बिजेता खेलाडी,प्रशिक्षक तथा ब्यवस्थापकलाई मंगलवार साझ सम्मान गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी मार्सलबाट प्रतिनीधित्व गदैे अगष्ट ५ देखि ८ सम्म गएको नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो । सम्मानित खेलाडीमा ६५ केजी तौलसमूहमा स्वर्ण पदक बिजेता जेमिन महर्जन रहेका छन् । त्यस्तै रजत बिजेता खेलाडीमा ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भूजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामा पनि सम्मानित भएका छन् ।
शंखमुल स्थित नेरिक एकेडेमीमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरले पदक बिजेता खेलाडी तथा ब्यवस्थापकलाई सम्मान गरेकी हुन् । सो अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष एवमं राखेप पूर्व उपाध्यक्ष पिताम्वर तिम्लिसिना,उपाध्यक्ष धु्रब आचार्य,महासचिव बचन देउजा,नेरिक एकेडेमीका प्रिन्सिपल मनवहादुर खत्री,एकेडेमीका प्रशासन प्रमुख राजेन्द्र खत्रीलगायतले पनि खेलाडीलाई सम्मान तथा बदाई दिएक थिए ।

Comment