तेक्वान्दो खेलाडी सम्मानित


छैठौ साउथ एशियन आमन्त्रित (आईटिएफ) तेक्वान्दो प्रतियोगितामा नेपालकोतर्फबाट पदक प्राप्त गर्ने भक्तपुर निवासी खेलाडीलाई सम्मान गरिएको छ । प्रमुख अतिथि सुर्य बिनायक नगरपालिकाका मेयर बासुदेब थापा, नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,माउण्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन र आयोजकका अध्यक्ष आशिष कार्कीलगायतले सम्मान गरेका थिए ।
भक्तपुरका खेलाडीले ७ स्वर्ण, ९ रजत र १५ कास्य हात पादै नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । शनिवार सम्मानित सोनी खड्काले दोहोरो स्वर्ण जितेकी थिईन् । बालकोट निवासी सोनीले महिला तेश्रो डान कालो पेटीको प्याट्रनतर्फ स्वर्ण जितेकी थिईन् । सोनी टिम स्पाईरिङमा पनि नेपाललाई स्वर्ण जिताउदा टिमकी महतवपूर्ण सदस्य थिईन् । त्यस्तै स्वर्ण पदक ल्याएर सम्मानित हुनेमा महिलातर्फ अभिना राई ,सबिना लामा र अनिषा कार्की रहेका छन् । त्यस्तै पुरुषतर्फ स्वर्ण ल्याएर सम्मान हुनेमा शिशिर राई र आशिष भुजेल रहेका छन् । भक्तपुर आईटिएफ तेक्वान्दो संघको आयोजनामा भएको कार्यक्रममा सम्मानित रजत बिजेता खेलाडीमा महिलातर्फ सबिना तामाङ,निलिमा सुनुवार,सरु धिमिरे,रुकमणी चौधरी,अभिना राई,सबिना तामाङ र स्वेता राई तथा पुरुषतर्फ मिलन धामी र निकेश भुजेल रहेका छन् । बालकोटको माउण्ड भ्यू स्कुलमा भएको कार्यक्रममा सम्मानित काँस्य बिजेता खेलाडीमा महिलातर्फ कृतिका कुवँर र पुरुषतर्फ अनुप भण्डारी,दिपेश किश्वर राई, रमेश भूजेल,बिमल खुलाल,स्पन्धन पोखरेल,इसान मैनाली,सजन श्रेष्ठ,दिलिप आलेमगर, सौरभ धिमिरे,निपु शर्मा र राज परिवार रहेका छन् । सौरभ धिमिरे,निपु शर्मा र राज परिवारले भने दोहोरो काँस्य जितेका थिए ।

Comment