राष्ट्रपती रनिङशिल्डमा ३ नम्बर प्रदेशको प्रभाव


दशौ राष्ट्रपती रनिङ शिल्ड अन्तरगतको तेक्वान्दो च्याम्पियनसीपमा पुरुष तर्फ प्रदेश नम्बर पाच प्रदेश नम्बर ३ संयुक्त पहिलो भएका छन् । महिला तर्फ प्रदेश नम्बर ३ पहिलो भएको छ । पुरुष तर्फ दुवै टोलीले समान एक रजत र एक काश्य पदक जित्दा दुइले एक स्वर्ण र एक काश्य पदक जित्यो ।
महिला तर्फ तीन वटै स्वर्ण पदक प्रदेश नम्बर ३ले जित्यो । ४२ किलोमा सदिक्षा कार्की, ४४ किलोमा सृजना तामाङ र ४६ किलोमा योगमाया श्रेष्ठ पहिलो भए । यसैगरी पुरुष तर्फ ४५ किलोमा ३ नम्बर प्रदेशका पुजन खड्का,४८मा ५का अजित गुप्ता र ५१ मा २ का मोहम्मद सैयब अख्तर पहिलो भए ।

Comment