थ्रीस्टारको विजय अभियान जारी

three star edited
अमर डंगालको दुइ गोलको सहयोगमा थी्रस्टार क्लबले रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्यो । पूवाद्र्धमा गोल रहित भए पनि ७३ औ मिनेटमा पहिलो अग्रता लिएको थ्रीस्टारले तीन मिनेटको अन्तरमै अग्रता फराकिलो बनाएको थियो । अन्त्यमा सन्तोष साहुखलले दर्शनीय गोल गर्दै थ्रीस्टारलाई फराकिलो अन्तरको जित दिलाए ।

Comment