एष्टर राई सम्मानित

कराते खेलाडी एष्टर राईलाई राजधानीमा सम्मानित भएकी छिन् । पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई सम्मानित गरेको हो । राईलाई जापानको ओकिनावामा यहि मेई १० देखि १३ तारिख सम्म आयोजना भएको १७ औं जुनियर क्याडेट तथा यु –२१ एशियाली कराते प्रतियोगितामा यु –२१ म महिला ६१ केजी तौल समूहमा कास्य पदक प्राप्त गर्न सफल भए बापत सम्मान गरिएको हो । उनलाई महासंघले घोषणा गरिअनुसार नगद २५ हजार सहित प्रशंसा पत्रद्वारा अध्यक्ष लाखेले सम्मान गरे ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लाखेले कराते खेलको विकास र विस्तार गर्न करातेको बिवादलाई हटाई सवै करातेकर्मीहरु एकजुट भएर निर्वाचन मार्फत समाधान गर्नु पर्नेमा जोड दिए ।
उक्त प्रतियोगिताको दौरान प्रशिक्षक तथा निर्णायक विसन मोते र बलराम मित्रले कुमुते तर्फ ए रेफ्रि लाईसेन्स प्राप्त गरेका थिए । यस्तै मदन कुमार उप्रेती, कुशल श्रेष्ठ, दीपक श्रेष्ठ र राकेश श्रेष्ठले प्रशिक्षकको परिक्षा उत्तिर्ण गरेका थिए ।

Comment