बुदोकनमा उत्कृष्ट देखिए नेपाली


मे ११ तारिखमा भएको बुदोकन इन्टरनेशनल कराते च्याम्पियनशीप दुबईमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ काँश्य तथा काता र कुमुते विधामा च्याम्पीयन अफ च्याम्पीयन पदक हात पार्न सफल भएका छन् । अन्तराष्ट्रिय निर्णायक एभरेष्ट मार्शल आर्ट क्लबका मुख्य प्रशिक्षक तथा तथा प्राबिधिक निर्देशक रबि शाहीका अनुसार उक्त प्रतियोगितामा च्याम्पीयन अफ च्याम्पीयन काता विधामा पर्शुराम बास्तोला र सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ र कुसुम खड्का बन्न सफल भए ।
सो प्रतियोगितामा कुमुते तर्फ दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा, लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा र सरिता श्रेष्ठले स्वर्ण पदक जिते । यसैगरी, काता तर्फ पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्द्र खड्का, मोनिका थापा, आशना पाण्डे र आर्यन पाण्डेले स्वर्ण पदक जिते । यसैगरी, मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्ति मगर, रिचिका बानियाँ, आर्यन पाण्डे र केञ्जल श्रेष्ठले रजत जिते ।
नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्द्र खड्का र भूपेन्द्र पुनले काश्य पदक जिते । निर्णायकको रुपमा रहने नेपालीमा रबि शाही, साइला घमाल, सन्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए । प्रशिक्षकको भुमिकामा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञान बहादुर जिम्बा र राम कुमार थारु रहेका थिए । पुरस्कृत खेलाडीहरूलार्ई पुरस्कार वितरणको लागि एनआरएनका युएईका किस्न पौडेल, नीराजन सिलवाल, सञ्जय खरेल(मदरल्याण्ड म्यानेजमेन्ट) साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै जेकेएसका अध्यक्ष अब्दुला बिन बयानिसको पनि उपस्थिति रहेको एभरेष्ट क्लबका डाइरेक्टर रबि शाहीले जानकारी दिएका छन् ।

Comment