अमेरिकामा विमलालाइ स्वर्ण पदक


२३ औ हिरालडोकाइ बार्षिक सोताकोन सोबुकान अन्तराष्ट्रिय कराते कपमा नेपालकी विमला तामाङले स्वर्ण पदक जितेकी छिन् । न्युयोर्कको योल्मोर सेन्टरमा भएको प्रतियोगितामा नेपाल सहित प्युरोटीका,इक्वेडर,मेक्सीको र डोमेनीक गणतन्त्रका ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । डब्लुकेएफ रेफ्रि रिमोन हिरोल्डोको प्रमुख निर्देशनमा सम्पन्न प्रतियोगितामा पान अमेरिकी कराते महासंघ तथा अमेरिकी कराते महासंघ अन्तरगतका ४० भन्दा बढी रेफ्रि तथा निर्णायक सलंग्न भएको नेपाली रेफ्रिको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय मार्सल आर्ट संघ अमेरिकाका प्रमुख प्रशिक्षक शान्त थोकरले रेफ्रिको भुमिका निर्वाह गरेका थिए ।
स्वर्ण पदक जित्ने विमला गत एसियाडकी पदक विजेता हुन् ।

Comment