मेलीसालाई स्वर्ण पदक


हंगकंगमा जारी टप माउन्टेन तेक्वान्दो एसोसीएसन नवौ एनाभर्ससी तेक्वान्दो च्याम्पियनसीपमा नेपालकी मेलीसा खड्गीले स्वर्ण पदक जितेकी छिन् । हंगकंग र इन्डोनेसियाका खेलाडीलाइ हराउदै फाइनल प्रबेश गरेकी उनले फाइनलमा फीलीपीन्सकी खेलाडीलाई हराएकी हुन् । माउन्ट ग्लोरी तेक्वान्दो डोजाङकी मेलिसा मनोज खड्गीको छोरी तथा शिष्य हुन् । मेलिसालाई पछिल्लो पुस्ताकी प्रभावशाली खेलाडीको रुपमा हेरिन्छ ।

Comment