धनराज क्वाटरफाइनलमा
Manoj Shiama
28 April, 2018 7:07 am
अनल ज्योतिका धनराज राई प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नव विहानी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको पुरुष ४४ केजीमुनि धनराजले बालकुमारीका विजय तामाङलाई पराजित गरे ।
इमोडोलस्थित नयाँ बस्तीमा भएको प्रतियोगिताको पुरुष २० केजीमुनि नव विहानीका अशोक तामाङले एभीएसका सुरेन लामा, २४ केजीमुनि सेतो बंगलाका विजय श्रेष्ठले अनल ज्योतिका एन्जल राई, ३२ केजीमुनि स्टार तेक्वान्दो डोजाङका सम्राट घलानले नव विहानीका विश्व बस्नेत तथा ३७ केजीमुनि नव विहानीका मिलन नगरकोटीले सेतो बंगलाका विज्ञान ठकुरीलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला ३२ केजीमुनि स्टारकी सुप्रिया लामाले नव विहानीकी मेलिना गिरीलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरिन् ।
प्रतियोगिताको माओवादी केन्द्रकी प्रवक्ता एवं सांसद पम्फा भुसालले एक कार्यक्रमबीच उद्घाटन गरिन् । दुईदिने प्रतियोगितामा विभिन्न २७ डोजाङका ४ सय खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको डोजाङ प्रमुख विमलकुमार अछामीले जनाएका छन् ।