जापानमा तेक्वान्दो खेलाडीको सफलता
Manoj Shiama
23 April, 2018 11:55 am
१६ औ वाटा ओपन तेक्वान्दो च्याम्पियनसीपमा राष्ट्रिय तेक्वान्दो संघको टोलीले ३ स्वर्ण, दुइ रजत र दुइ काश्य पदक जितेको छ । जापानमा जारी प्रतियोगिताको २४ किलो तौल समुहमा शिशिर काफ्लेले फाइनलमा हंगकंगका लाम यिनलाई हराएर स्वर्ण पदक पाए भने ६३ किलोको फाइनलमा सञ्जय पुनले फाइनलमा जापानका लुकास मासेनेरो फुकाडोलाई हराउदै स्वर्ण पदक जिते । ३३ किलोमा आशिष चौधरीले स्वर्ण पदक पाए ।
यसैगरी,४५ किलोमा बिसन विक र ५१ किलोमा उज्वल श्रेष्ठले स्वर्ण पदक पाए । ३३ किलोमा सुसील गैरे र पुम्सेमा उज्वल श्रेष्ठले काश्य पदक पाएको संघका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।