कराते टोली अस्ट्रेलिया जाने


अस्ट्रेलिया ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्दैछ । अप्रिल २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विनोद शाक्य, दिगम्बरप्रसाद पन्त, गगन पुन, निराजन भण्डारी, मल्लिका थापा र अनु अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । मल्लिका र अनु भने मंगलबारै प्रस्थान गरिसकेका छन् ।
टिम व्यवस्थापकमा कुँवेरसिंह खड्का रहेका छन् भने विनोदले टिम प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । मेडिकलमा राष्ट्रिय खेलकुद परिषद्का पदमबहादुर विष्ट छन् । टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment