तेक्वान्दो टोली ट्युनिसिया प्रस्थान


आगामी युथ ओलम्पिक खेल, २०१८ का लागि यहि अप्रिल ६ देखि १३ सम्म ट्युनिसियामा हुन गईरहेको युथ ओलम्पिक छनोट तथा बिश्व जुनियर तेक्वान्दो च्याम्पियनसीपमा भाग लिन तेक्वान्दो टोली बुधबार ट्युनिसिया प्रस्थान गरेको छ ।
प्रतियोगिताको पुरुष ५९ केजीमा कपिल थापा र ४८ केजीमा शैलेश गिरी तथा महिला ४९ केजीमा आयशा लामाले प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षक तथा व्यवस्थापकमा श्याम डंगोल छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका सचिव एवम् सहायक मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले एक कार्यक्रमबीच बिदाई गरे ।
सोहि दौरानमा ट्युनिसियामानै अप्रिल ५ मा हुने विश्व तेक्वान्दोको महासभामा भाग लिन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र महासचिव दीपराज गुरुङ्ग पनि ट्युनिसियन प्रस्थान गरे । विश्वभरिका २०९ सदस्य राष्ट्रहरुको सहभागिता रहने उक्त साधारण सभामा नेपालको तेक्वान्दो खेलको गतिविधि, उपलब्धी र भावी योजना प्रस्तुत गर्ने तेक्वान्दो संघले जनाएको छ ।

Comment