रुस्लान थ्रीस्टार सेमिफाईनलमा

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो क्वाटर फाईनल खेलमा रुस्लान थ्रीस्टारले हिमालय एप्सीमाथी २–१ गोलको रोमाञ्चक जित निकाल्दै सेमिफाईनलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सग भेट पक्का गरेको छ । बुटवलको रामनगर स्थित मानव ज्ञान माबिको मैदानमा भएको खेलको पहिलो हाफ गोल सहित समाप्त भयो । पहिलो हाफमा थ्रीस्टारले चार अवसरहरुलाई गोलमा परिणत गर्न सकेन भने पाहुना टिम हिमालय एप्सीको एउटा सुन्दर अवसर (हेड प्रहार) पोलमा लागेर बाहिरीएको थियो ।
दोश्रो हाफको ८४ औं मिनेटमा मलेसिया हिमालय एप्सीका तिर्थ बस्नेतले सुन्दर गोल गदै टिमलाई अग्रता दिलाए । थ्रीस्टारका लावलले ८६ औं मिनेटमा गोलगदै १–१ गोलको अवस्थामा ल्याए । निर्धारित ९० मिनेटको अतिरित्त समयमा गोल गदै म्यान अफ द म्याच मार्टिनले थ्रीस्टारलाई २–१ गोलको जित दिलाए । उनले ९२औं मिनेटमा गोल गरेका थिए । रेफ्रीले ३ वटा पहेलो कार्ड थ्रीस्टारका खेलाडीले फाउल खेल बापत प्रयोग गरेका थिए । रुपेश केसीले ३४ औं मिनेट,बिष्णु गुरुङले ६३ औ मिनेट र लावलले ८८ मिनेटमा पहेलो कार्ड पाएका थिए । चैत्र १९ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १५ लाख,उपबिजेताले ७ लाख ५० हजार र सेमिफाईनलमा प्रवेश गर्ने टिमले जनही ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार नगद प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक,उत्कृष्ट क्षेत्ररक्षक,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड १४ लाख रहेको छ । बिहिवार नेपाल पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्यार्दीबीच अन्तिम क्वाटर फाईनल खेल हुनेछ ।

Comment