सुनौलो संगम सेमिफाईनलमा, नितिन म्यान अफ द म्याच

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटर फाईनल खेलमा एपीएफलाई टाईब्रकरमा ३–१ गोल अन्तरले हराउदै साबिक बिजेता सुनौलो संगम सेमिफाईनलमा प्रवेश गरेको छ । बुटवलको रामनगर स्थित मानव ज्ञान माबिको मैदानमा भएको खेलको निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका सुनौलो संगम र एपीएफले थप गरिएको १५ मिनेटको समयमा कुनै गोल गर्न नसक्दा खेल टाईब्रेकर तर्फ लम्किएको हो । टाइब्रेकरमा बिजेता टिम सुनौलो संगमका लागि आशिष थापा सुरज हमाल र जनक कार्कीले आफ्नो प्रहारलाई गोलमा परिणत गरे ।

अजित थापा र पुर्णवहादुर गुरुङको प्रहारलाई एपीएफका गोल रक्षकले बचाएका थिए । एपीएफका लागि नबिन लामाले गोल गरे । रमेश दंगाल र रबि थिङको प्रहार सुनौलो संगमका गोल रक्षकले बचाएका थिए भने मिलन राईको प्रहार बाहिर गएको थियो ।
यस अघि एपीएफका युवराज खड्काले ४५ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । सुनौलो संगमका अमृत थापाले ५२ औं मिनेटमा गोल गदै १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ६३ औ मिनेटमा एपीएफका युवराज खड्काले दोश्रो गोल गदै पून टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए । एपीएफका मिलन राईको डियरी भित्र भएको हेन्डबलले सुनौलो संगमलाई खेलमा फर्काएको थियो । सुनौलो संगमका आशिष थापाले ७४ औं मिनेटमा पाएको पनाल्टीलाई गोलमा परिणत गरे पछि खेल २–२ को बराबरीमा समाप्त भएको थियो । सुनौलो संगमका नितिन थापा म्यान अफ द म्याच चुनिए । खेलमा रेफ्रिले एपीएफका बिकु लामाले १४ औ मिनेट र नबिन लामाले १०२ औं मिनेटमा पहेलो कार्ड पाएका दिएका थिए । त्यस्तै सुनौलो संगमका नितिन थापाले ३२ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । प्रतियोगिता अन्तर्गत तेश्रो क्वाटर फाईनल खेल समूह एको थ्रि स्टार र मलेसियाको हिमालय एप्सी बिच बुधवार हुने छ ।

Comment