लुम्बीनीसंग पुलिस स्तब्ध

league1
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा लुम्बीनी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । लुम्बीनीलाई जित दिलाउने क्रममा अमिर श्रेष्ठले गोल गरे । उनले ८५ औ मिनेटमा उत्कृष्ट गोल गर्दै पुलिस क्लबलाई स्तब्ध पारेका हुन् । खेलमा पुलिस क्लबले बल पोसेसनमा ध्यान दिए पनि लक्ष्मण रचाल, कालु थापा र रोसन लामीछानेको कारण लुम्बीनीको मध्यपक्ति प्रभावकारी रहेको थियो ।

Comment