सक्षम, निमा र बिरको उत्कृष्टता कायम


आगामी १८ औँ एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ ।  भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्पm गरी २ गरी कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको हो । महिलाको ग्यरोगीतर्पm ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छनोट भइन् ।
पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए । बीरबहादुर गत सागको रजत पदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन् । पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए । पुम्सेतर्पm महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए । छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । छनोट भएका निमा , बिर र सक्षम लामो समय देखि राष्ट्रिय टोलीमा रहेका छन् । सक्षमले विगत केही बर्ष देखि ७४ र ८० किलो दुवै तौल समुहमा सफलता पाउदै आएका छन् ।

Comment