नेपाली प्रशिक्षक राजुको टोली क्यानाडामा सफल


नेपाली तेक्वान्दो प्रशिक्षक राजु गड्तौला क्यानाडामा पनि सफल देखिएका छन् । क्यानाडाको एडमन्टनमा सम्पन्न आइस एण्ड फायर तेक्वान्दो प्रतियोगीता राजुले सञ्चालन गरेको हिमालयन तेक्वान्दोका खेलाडीले सानदार प्रदर्शन गरे ।
सो प्रतियोगितामा ४सय ८७ खेलाडीको सहभागिता थियो । प्रतियोगीतामा आयुस ओझाले स्पाइरिङमा स्वर्ण पाए भने प्यार्टनमा काश्य पदक जिते । श्रब्य ढुंगानाले प्यार्टन र आरम्भ खरेलले स्पाइरिङमा काश्य जिते । स्पाइरिङ र प्याटर्नमा प्रसुन शमाले स्वर्ण जिते । आरीक पौडेलले स्पाइरिङमा रजत जिते भने प्यार्टनमा स्वर्ण पदक हात पारे ।
अविरल तिमील्सीनाले स्पाइरिङमा रजत जिते भने स्पन्दन गौतमले स्पाइरिङ र प्यार्टनमै रजत जिते । स्माइल खत्रीले प्यार्टनमा रजत तथा जेम्स चौधरीले प्यार्टन र स्पाइरिङमा काश्य जिते ।
गीब्सोन ढकालले प्यार्टनमा रजत तथा स्पाइरिङमा काश्य जिते । प्रध्योतन निरौलाले प्यार्टनमा रजत स्पाइरिङमा स्वर्ण जिते । शुभम अधिकारीले प्यार्टनमा रजत तथा स्पाइरिङमा स्वर्ण जिते । शसांक भण्डारीले पनि प्यार्टनमा रजत र स्पाइरिङमा स्वर्ण जिते । जोनिश चौधरीले प्यार्टनमा र स्पाइरिङ दुवैमा स्वर्ण जिते । यसैगरी,दिपीका गौतमले स्पाइरिङमा स्वर्ण पदक हात पारिन् । े प्रतियोगीतको आयोजना फोन्किस तेक्वान्दो एडमन्टनले गरेको हो ।

Comment