रिनालाई स्वर्ण


आयोजक दिलिप स्मृति प्रतिष्ठानकी रिना लामाले दोश्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । फाइनलमा रिनाले ढल्कोकी सुस्मिता तामाङलाई पराजित गरिन् ।
पुरुष ३३ केजीमुनि टोखाका नरेश तामाङ, २८ केजीमुनि चन्द्रागिरीका रोशन तामाङ, ४२ केजीमुनि कपनका कमल राई, ५१ केजीमुनि दिलिप स्मृतिका शिव श्रेष्ठ, ३६ केजीमुनि दिलिप स्मृतिका विशाल लामा, २४ केजीमुनि द च्यालेन्जरका राहुल दास, ३१ केजीमुनि न्यु दीर्घायुका रविन भण्डारी तथा ४५ केजीमुनि जुगलका सकुल दाहालले स्वर्ण जिते ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment