तेश्रो महर्षि म्याराथन शनिबार


महर्षि स्कुलको आयोजनामा तेश्रो महर्षि म्याराथन – २०७४ शनिबार हुने भएको छ । विद्यार्थीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा विगत दुई बर्ष देखि विद्यार्थीहरुका विच दौड गर्दै आईरहेको छ ।
तेश्रो संस्करण सम्मा आई पुग्दा प्रतियोगितामा सहभागी हुने स्कुल र विद्यार्थी संख्यमा पनि बृद्धि हुंदै गईरहेको स्कुलका प्रिन्सिपल निर्मल पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
महिला र पुरुष गरि दुई विधामा हुने प्रतियोगितामा ४० विद्यालयका करिव ४०० खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक हरिबहादुर थापामगरले जानकारी गराए ।
म्याराथनको नामाकरण गरिएतामा पनि विद्यार्थीहरुले उक्त दूरी पार गर्न निकै कठिन हुने र लामो दूरीको दौडक लागि यस प्रतियोगिताले विद्यार्थीहरुलाई सहयोगी भूमिका निर्वाह गर्ने प्रिन्सिपल पौडेलले बताए ।
फागुन १२ गते शनिबार हुने ५ कि.मि. दूरीको प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद ७, ५ र ३ हजारका साथै मेडल, प्रमाण पत्र प्रदान गरिने छ । यस्तै सहभागी प्रत्येक खेलाडीहरुलाई टिसर्ट प्रदान गरिने संयोजक थापामगरले बताए ।

Comment