एपीएफ र न्यू डायमण्डको विजय सुरुवात

sawarasati

सर्वाधिक नगद पुरस्कारको दशौं ढोरपाटन “ब्लू स्काई कप” महिला डबल लिग भलिबल च्याम्पियनशिपमा न्यू डायमण्ड र शसस्त्रको एपिएफले बिजयी सुरुवात गरेको छ ।

न्यू डायमण्डले चण्डेश्वरी रामेछापलाई २५–९, २५–१३ र २५–९ को सोझो सेटमा पराजित गर्यो । न्यू डायमण्डकी प्रतिभा माली वोमन अफ द म्याच भइन । एपिफको जितमा सरस्वती चौधरी वोमन अफ द म्याच भइन । एपिएफले आयोजक ढोरपान स्पोर्टस क्लबलाई २५–९, २५–८ र २५–४ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

यस्तै शनीबार नै भएको  उद्घाटन खेलमा चण्डेश्वरी रामेछापले नेपाल  छन्त्याल संघलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको छ । चण्डश्वरीले छन्त्याललाई २५–११, २५–८ र २५–१४ ले पराजित गर्दा ९ टिमले सहभागिता जनाएको प्रतियोगितामा पहिलो चरणको खेल समाप्ती पश्चात दोस्रो चरणको खेलमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । अन्तिमका दुई टिम रेलिगेसनमा पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा बर्ष खेलाडी,उत्कृष्ट खेलाडी,  “प्लयर अफ द सिरिज” र प्रतिभावन खेलाडीले चार स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा पहिलो देखि सातौ स्थान सम्म क्रमशः २ लाख ५५ हजार,१ लख २५ हजार,६५ हजार,३५ हजार,२५ हजार,१५ हजार र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । ३३ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा बेष्ट बिद्याको उपाधिमा स्पाईकर,सेटर,ब्लकर, डिफेनस,सर्भर, र क्वीईकर रहेका सबैले ५–५ हजार प्राप्त गनेछन् ।

Comment