स्कटल्यान्ड माथि नेपालको जित

आइसिसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित हात पारेको छ । यो यो जित नेपाली टोलीले १२ वर्षपछिको पनि हो । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्यो ।
नेपालले पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो ।
नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो ।
समूह चरणको अर्को खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन ।
जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्यो । तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको हार ‘बेहोर्यो ।
अन्तिम खेलमा टस जितेर स्कटिस टोलीलाई नेपालले ब्याटिङको निम्तो दिएको थियो । स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्ध शतक पूरा गरे । जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्ध शतक हो । यसअघि उनले वेस्ट इन्डिजविरुद्ध अर्ध शतक हानेका थिए । गुल्सन १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा अविजित रहे ।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनको योगफल तयार पारेको हो।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले ओपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए । २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए ।
त्यसअघि १० औँ ओभरको पाँचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्ध शतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए ।
