यसरी जिते नेपाली खेलाडीले स्वर्ण कुमार र अमिरको बिशेष सहयोग


नेपालका तेक्वान्दो खेलाडी ज्ञानी चुनारा, यानकुमारी चौलागाइ र तारा रायमाझीले अमेरिकामा भएको डालास अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जितेका छन् । चौलागाइले फेदरवेटको सेमिफाइनलमा भारतीय तथा फाइनलमा साल्भाडोरकी खेलाडीलाई पराजित गरेकी हुन् ।
ज्ञानीले लाइटवेटको सेमिफाइनलमा पनामा र फाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरिन् । यसैगरी, ताराले फ्लाइवेटेको सेमिफाइनलमा भारत र फाइनलमा मेक्सीकोका खेलाडीलाई पराजित गरे । बाल्टीमोरमा एभरेस्ट र्वल्ड क्लास तेक्वान्दो एकेडेमी सञ्चाल गर्दै आएका कुमार कार्की नेपाली खेलाडीका ब्यबस्थाक तथा प्रशिक्षक थिए ।
यी खेलाडीले नेपालका पूर्व बरिष्ठ तेक्वान्दो प्रशिक्षक अमिर श्रेष्ठको सहयोगमा दुइ साता टिम एनटीए युएसएको प्रशिक्षण पछि प्रतियोगितामा सहभागि भएका हुन् ।

Comment