सागर थ्रीस्टारमा, अन्जन प्रशिक्षक

three star photo edited

राष्ट्रिय टोलीका कप्तान सागर थापालाई समाहित गर्दै  थ्रीस्टार क्लबले आसन्न लिगका लागि टोली चयन गरेको हो । शुक्रबार खेलाडी सम्झौता कार्यक्रममा २० सदसीय टोली सार्वजनिक  गरिएको हो । सागर थापा सहित अमर डंगोल, रिजन धिमाल र असिम जंग कार्की पनि थ्रीस्टारको टोलीमा आबद्ध रहेका छन् ।
६० को दशकका स्टार बाया रक्षक अन्जन केसीको प्रशिक्षणमा रहेको क्लब थ्रीस्टारको गोलरक्षक किरण चेम्जोंग र एलन न्यौपाने रहेका छन् । यसैगरी, रक्षकमा सागर सहित सन्दिप राइ, सरोज दाहाल, बिष्णु सुनुवार, विजय धिमाल, रिजन धिमाल र सुरेन्द्र गुरुंग छन् । मिडफील्डमा विक्रम लामा, जगजीत श्रेष्ठ, प्रकास बुढाथोकी, विजय गुरुंग, विष्णु गुरुंग र  भिक्टोर छन् ।
फरवार्डमा असिम जंग कार्की, सन्तोष साहुखल, एलबीस र अमर डंगोल छन् । प्रशिक्षक अन्जनले आफ्नो टोली उपाधिको दाबेदार भएको बताएका छन् । सन्दिपले पनि आफ्नो टोली उपाधिका लागि खेल्ने बताए । सागरले पनि क्लब ब्यबस्थापनको बिश्वासलाई सार्थक तुल्याउने प्रतिबद्धता ब्यत्m गरे । थ्रीस्टारका युवा प्रशिक्षक अन्जन खेलाडी रहदा समेत प्रशिक्षकको योजना अनुसार खेल्ने खेलाडीको रुपमा परिचित थिए ।
तस्बिर सौजन्य ः थ्रीस्टार क्लब

Comment