आर्मी र सुदूरपश्चिमाञ्चल उपाधिनजिक

नेपाल आर्मी र सुदूरपश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । गत संस्करणमा पनि यि दुवै टोली फाइनलमा भिडेका थिए । त्यसमा आर्मी विजयी भएको थियो ।
हेटौंको वन विज्ञान अध्ययन संस्थानमा भएको सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई ५–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो । प्रदीप राजवंशीले २ तथा दीपेन्द्र ऐर, शेरबहादुर रोकाया र काशीराज राईले १–१ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–२ गोलले हरायो । विजयी टिमका लागि धीरेन्द्र चन्द, दीपकराज जोशी र केशवराज जोशीले १–१ गोल गरे । पूर्वाञ्चलका सुशिल सोरेन र मनोज चौधरीले १–१ गोल फर्काए । सेमिफाइनलमा पराजित पश्चिमाञ्चल र पूर्वाञ्चल शुक्रबार तेश्रो स्थानका लागि खेल्नेछन् ।
महिलाको राउन्ड रोविन लिगमा साविक उपविजेता आर्मी र पश्चिमाञ्चलले जित निकालो । आर्मीले मध्यमाञ्चल तथा पश्चिमाञ्चलले पूर्वाञ्चललाई समान १–० को नजितमा पन्छाए । आर्मीकी सीतामाया बल र पश्चिमाञ्चलकी सुनीता मगरले निर्णायक गोल गरे । अपराजित आर्मी ९ अंक शीर्ष स्थानमा छ भने पश्चिमाञ्चल ७ अंकसाथ दोश्रो स्थानमा छ । मध्यमाञ्चल ४ अंकमा तेश्रोमा छ । फाइनल पुग्ने टोलीको शुक्रबार टुंगो लाग्नेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment