हक्की सङ्घको विशेष साधारण सभा सम्पन्न

नेपाल हक्की सङ्घको विशेष साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभा नेपाल हक्की सङ्घका कार्यवाहक अध्यक्ष अनिल शर्माको सभापतित्व तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको  थियो । 

साधारण सभाले महासचिवको प्रतिवेदन, कोशाध्यक्षको प्रतिवेदन र संशोधित विधान सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले संघले स्वतत्यताका लागि आफैले पहल गर्नु पर्ने बताए । 

Comment