हक्कीको सर्व पक्षीय विकासमा पाठक

नेपाली खेलकुदमा रहेको विकृतिका कारण धेरै खेलकर्मी समस्यामा परेका छन् । यसरी समस्यामा पर्नेहरूको आफ्नै खाले गुनासो र आक्रोश छ । जुन  गुनासो र आक्रोशको नेपाली खेलकुदका सत्ताले विरलै सम्बोधन गर्ने गरेको छ । 

लामो समय हक्की खेलमा संलग्न प्रशिक्षक राजेन्द्र पाठकलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको  ९औ राष्ट्रिय खेलकुदमा सहभागी हुने कुनै अवसर नै दिएको थिएन । यसरी अवसर नै नदिएर गैर प्रशिक्षकलाई अवसर दिइएको उनको गुनासो छ । 

नेपालमा ईन्डोर हक्कीलाई भित्राउन र महिला तथा पुरुषको प्रतियोगिता सञ्चालनहरू पनि गरेका पाठक  ईन्डोर हक्कीको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि सफलताकाका साथ सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका भएका व्यक्ति हुन् । यसका बाबजुद  थाइल्यान्डमा अन्तर्राष्ट्रिय इनडोर हक्की प्रतियोगितामा सहभागी हुने समयमा उनलाई बेवास्ता गरिएको थियो । 

हक्कीको जानकारी नै नभएको व्यक्तिलाई पठाइएको तथा कुनै हक्की प्रशिक्षकले शक्तिको दुरुपयोग गर्दै पारिवारिक लाम समेत लिएको गुनासो पाठकको छ । उनलाई पाकिस्तानमा भएको हक्की प्रतियागयतामा पनि सहभागी हुन  अवरोध सृजना गरिएको थियो । 

 पाठकका अन्य दाबी र आक्रोश पनि छ । जुन नेपाली खेलकुदका लागि साँच्चै गम्भीर विषय समेत हुन् । काठमाडौँमा रहेका धेरै प्रशिक्षक मध्य अन्य प्रशिक्षणमा खासै चासो नदिने गरेको समेत उनको गुनासो छ । साथै नेपाल आर्मीमा प्रशिक्षण गराइ रहेको समयमा बदनियत पूर्ण ढङ्गले हक्की निकट शक्तिको कारण बाहिरिनु परेको गुनासो समेत पाठकको छ । 

खेलाडीको रूपमा पाठकको सहभागिता २०४४, २०४६ र २०४८ मा भएका राष्ट्रिय च्याम्पियनसिपको पाँचौँ देखि सातौँ संस्करण उनका लागि यादगार रहेको थियो । 

यस बिचमा जनकपुरमा भएको बिपी कोइराला मेमोरियल, नेपालगन्जमा भएको मेयर कप र काठमाडौँमा भएको टोयटा कपमा पनि उनको सहभागिता रहेको थियो । यसै गरी भारतको पटना र मुम्बइकासाथै नेपालको जलेश्वरमा भएको मैत्रीपूर्ण हक्कीका उनको सहभागिता थियो । एक दशक अघि पशुपति पेन्ट राष्ट्रिय हक्की च्याम्पियनसिपमा समेत उनको सहभागिता थियो । 

खेलाडी र प्रशिक्षकको रूपमा अनेकन सफलता पाएका पाठकले १९९० मा जलेश्वरमा भएको छैटौँ राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका थिए । २०१३ मा पहिलो वीरगन्जमा भएको पहिलो प्राइज मनी हक्की च्याम्पियनसिपमा पनि रजत पदक विजेता उनी त्यसको एक वर्ष पछि हेटौडामा भएको पहिलो लुम्बिनी राष्ट्रिय हक्की च्याम्पियनसिपमा कास्य पदक विजेता थिए । 

सन् २०१८ मा वीरगन्जमा भएको पहिलो सेभेन ए साइड हक्कीमा उनको प्रशिक्षणमा रहेको टोली पहिलो भएको थियो । सोही वर्ष भएको इनडोर महिला हक्कीमा पनि उनको प्रशिक्षणमा रहेको टोलीले स्वर्ण पदक जितेको थियो । 

सन् २०१७ मा उनको प्रशिक्षणमा रहेको टोलीले हेटौडा कप महिला राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेको थियो । 

सन् २०१९ मा हेटौडामा भएको सहाना प्रधान स्मृति महिला हक्की च्याम्पियनसिपमा उनको प्रशिक्षणमा रहेको टोलीले कास्य पदक जितेको थियो । यसै गरी सोही वर्ष झापामा भएको गिरिजा प्रसाद स्मृति हक्की च्याम्पियनसिपमा उनको प्रशिक्षणमा रहेको टोलीले स्वर्ण पदक जितेको थियो । 

पाँचौँ राष्ट्रिय खेलकुदमा कास्य विजेता उनी छैटौँ राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल भएका थिए । आठौँ राष्ट्रिय खेलकुदमा महिला तर्फको टोली हेरेका उनको टोली उपविजेता भएको थियो । सन् २०१८ मा भएको पहिलो किङ खान इनडोर हक्की च्याम्पियनसिपमा उनको प्रशिक्षणमा रहेको टोली उपविजेता भएको थियो । 

उनकै प्रशिक्षणमा भारतको गुहावटीमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा नेपाली हक्की टोलीले कास्य पदक जितेको थियो । 

खेलाडी जीवनमा उत्कृष्ट रहेका पाठक राम्रा प्रशिक्षक त हुँदै हुन् । साथै, इभेन्ट म्यानेजमेन्ट र व्यवस्थापनमा उत्तिकै दक्ष मानिन्छन् ।  नेपाली हक्कीका सबै पक्षमा जानकार उनी सधैँ सो खेलको विकासमा उत्तिकै तत्पर छन् । 

पाठक नेपालमा खेलाडीबाट रुचाइएका प्रशिक्षकको रूपमा समेत परिचित छन् । 

Comment