सुशान्त र विनुलाई स्वर्ण

students olympics
लैनचौर डोजोका सुशान्त हुमागाईं र बौद्ध डोजोकी विनु दाहालले तेश्रो राष्ट्रिय ल्होसार कप खुला कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
जोरपाटीस्थित विद्या सागर इङलिस बोर्डिङ स्कुलमा भएको पुरुष २० केजीको फाइनलमा सुशान्तले भक्तपुरका सुवास परियारलाई पराजित गरे । सोही तौलसमूहको महिलामा विनुले लैचनौरकी एलिसा तामाङलाई हराइन् ।
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो जोरपाटी र बौद्धनाथ क्षेत्र विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा बौद्धका बुद्ध लामा, ३० केजीमा बौद्धकै डेनिश लामा तथा ३५ केजीमा आनन्दनगर डोजोका सुनील स्याङ्तानले पहिलो स्थान हात पारे ।
महिलाको २५ केजीमा मनमैजु डोजोकी जिया खड्गी र ३० केजीमा पिसल्यान्डकी वर्षा बुढा मगरले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै स्वर्ण जिते ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय ९७ खेलाडीले २४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक जोरपाटीका प्रमुख ज्ञानबहादुर जिम्बाले जनाएका छन् ।

Comment