मनाङ फाइनलमा

tshiii

मनाङ मस्र्याङ्दी क्लब ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोश्रो सेमिफाइनलमा मनाङले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई २–० गोलले पराजित ग¥यो । दोश्रो हाफमा सम्भव दुवै गोल टासी छिरिङले गरे । निर्धारित ६० मिनेटको खेलमा टासीले ३८ र ५२ औं मिनेटमा बललाई जाली चुमाएका थिए ।
अब उपाधिका लागि मनाङले नेपाली सेना विरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा अशोक गुरुङको निर्णायक गोलमा सेनाले बालियो मानिएको एनआरटीलाई १–० ले हराउदै शुक्रबार फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
स्पोर्ट्स फर अल क्लब नेपालद्वारा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल प्राविधिक कारणले गर्दा माघ १४ गतेलाई सारिएको आयोजकका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन् ।

Comment