सेना फाइनलमा

9(1)edited
नेपाली सेना ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा सेनाले बालियो मानिएको एनारटीलाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको ३३ औं मिनेटमा अशोक गुरुङले गरेको गोल नै सेनालाई फाइनलमा पु¥याउन पर्याप्त रह्यो । अशोक ‘म्यान अफ द म्याच’ चुनिए ।
स्पोर्ट्स फर अल क्लब नेपालद्वारा आयोजित प्रतियोगिताको उपाधिका लागि सेनाले मनाङ मस्र्याङदी क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच शनिबार हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

Comment