होलील्यान्ड र पूर्व प्रहरी सेमिफाइनलमा

IMG_0351edited
सरीता पुमा राई
धरान

डिपोट  कपको  क्वाटरफाइनल खेलमा होलिल्याण्ड  र पुर्व प्रहरी स्कुल विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ । धरान १८ स्थित डिपो उच्च माविको खेल मैदानमा भइरहेका शुक्रबार प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले १–० गोल अन्तरले हिमशिखर स्कुल तरहरालाई र दोस्रो खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले ४–० गोल अन्तरले जेम्स स्कुललाई पराजित गरेको छ ।
खेलमा होलिल्याण्डका तर्फ वाट लहन लिम्वुले हिमशिखर विरुद्ध विजयी गोल गरेका थिए । त्यस पछि दुवै तर्फ कुनै गोल हुन सकेन । त्यस्तै गरि पुर्व क्षेत्रिय प्रहरिका तर्फ वाट राजन लिम्वु, सुसील चौधरी र जेनिस लिम्वुले एक एक गोल लगाएका थिए भने जेम्सका सुजन राइले अत्मघाति गोल गरेका थिए । शुक्रवार सम्पन्न खेलको म्यान अफ द म्याच हिमशिखरका अस्मित राई र जेम्सका चावलुङ राई घोषित भए । उनिहरुलाई डिपोट कपका संयोजक भिमराज लिम्वुले ट्रफि हस्तान्तरण गरेका थिए ।
त्यस्तै गरि दिलकुमार प्लेट च्याम्पियनमा मेरिल्याण्ड स्कुल विरुद्ध समिट र सिवन विरुद्ध सगरमाथा विच भएको खेलमा निर्धारित समय सम्म दुवै तर्फ कुनै गोल हुन नसके पछि यी दुवै खेलको  छिनोफानो टा्रइवेकर वाट भएको थियो । टा्रईवेकरमा मेरिल्याण्ड स्कुलले समिटलाई ३–२ गोल अन्तर र सगरमाथा स्कुलले सिवन स्कुललाई ५–४ गोल अन्तरले पराजित गरेको छ । शनीबार  पहिलो सेमिफाइनल खेल सैनिक आवासिय विरुद्ध होलिल्याण्ड र एस ओ एस इटहरि विरुद्ध पुर्व क्षेत्रिय प्रहरि विच हुने भएको छ । त्यस्तै गरि दिलकुमार प्लेट च्याम्पियन तर्फ माउण्ट मोरिया र मेरिल्याड विच हुने भएको छ ।

Comment