मदन भण्डारी स्पोर्ट्स एकेडेमी सेमिफाइनलमा

madan bhandari bharat1
मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा अन्तिम टोलीका रुपमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एकेडेमीले ब्वाइज युनियन क्लबलाई ४–० गोलअन्तरले पराजित ग¥यो ।
विजयी टिमका लागि दिपेश्वर मानन्धर, भरत थापा, सरोजकुमार थापा र ईश्वर लामाले गोल गरे । भरत ‘म्यान अफ म्याच’ चुनिए । उनलाई सभासद विनोद श्रेष्ठले ट्रफी प्रदान गरे ।
सेमिफाइनलमा एकेडेमीको भेट मनाङ मस्र्याङदी क्लबसंग हुनेछ । उक्त खेल शनिबार हुनेछ । त्यस्तै शुक्रबार एनआरटी र नेपाली सेनाबीच पहिलो सेमिफाइनल हुनेछ ।

Comment