सैनिक र एसओएस सेमिफाइनलमा

depot cup
सरीता पुमा राई
 धरान
डिपोट कपमा विहिवार भएको क्वाटर फाइनल खेलमा सैनिक आवसिय र एस ओ एस इटहरी विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ ।
धरान १८ स्थित डिपोट उच्च माविको खेल मैदानमा भइरहेको खेलमा प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा सैनिकले आयोजक डिपोट स्कुललाई २—१ गोल अन्तरले र एस ओ एसले नोवेललाई ३—० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा सैनिकका तर्फ वाट अमृत राई र अविनाश कार्कीले गोल गरेका थिए भने डिपोटका तर्फ वाट रुदिप गुरुंग ले एक मात्र गोल फर्काएका थिए । दोस्रो क्वाटर फाइनल खेलमा एस ओ एसका भतm कार्कीले दुई गोल र अवुसन लम्सालले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डिपोट स्कुलका गोल किपर मिन्सो लिम्वु र नोवेल एकेडेमिका दिप्तिहांग राई घोषित भए ।
त्यस्तै गरि पहिलो चरणमा पराजित हुने आठ विद्यालय विच भएको दिल वहादुर प्लेट च्याम्पियनको पहिलो दिनको खेलमा माउण्ट मोरिया स्कुल र भिक्टोरिया स्कुल विजयी भएको छ । माउण्ट मोरिया स्कुलले युनाइटेड स्कुललाई ७—० गोल अन्तर र भिक्टोरियालले सुनाखरीलाई २—० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा माउण्ट मोरियाको तर्फ वाट समिर वराईलीको ह्याट्रिक संगै इन्सोहांग  लिम्वु एक, पुजन लिम्वु एक, र एलिस लिम्वुले एक गोल गरे भने युनाइटेडका हेमराज मगरले आप्mनै पोष्टमा अत्मघाति गोल गरेका थिए । दोस्रो खेलमा भिक्टोरिया स्कुलको तर्फ वाट अविसोन रार्ई र सन्देस लिम्वुले गोल गरेका थिए ।
शुक्रबार क्वाटर फाइनल खेल अन्र्तगत हिमशिखर तरहरा विरुद्ध होलिल्याण्ड र जेम्स विरुद्ध प्रहरि विच हुने भएको छ । भने प्लेट च्याम्पियनमा  समिट विरुद्ध मेरिल्याण्ड र सिवन विरुद्ध सगरमाथा विच हुने भएको छ । प्लेट च्याम्पियनका विजेता तथा उपविजेताले क्रमशः तिन हजार , दुई हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Comment