सेना सेमिफाइनलमा

vetran army
नेपाली सेना ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको क्वाटरफाइनलमा सेनाले नाइट किङ्स क्लब, सानो गौचरणलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो ।
सेनाका बसन्तराज गुरुङ, भिक्टरजंग बहादुर राणा, अशोक गुरुङ, शशिकिरण रायमाझी र सञ्जयसिंह भण्डारीले गोल गरे । नाइटका तर्फबाट आनन्द गुरुङ, रमेश बस्नेत र शरद आलेले पेनाल्टी अवसरलाई सदुपयो गरे ।
त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । नाइटका आनन्द गुरुङले ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३३ औं  मिनेटमा सेनाका रोगित गुरुङले बराबरी गोल फर्काए । सेनाका गोलरक्षक छन्नुराम चौधरी ‘म्यान अफ द म्याच’ चुनिए ।
प्रतियोगताअन्तर्गत बिहीबार ब्वाइज युनियन क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

Comment