डिपोटकपमा जेम्सको जित

IMG_0138edited
सरीता पुमा राई
धरान

धरान १८ स्थित डिपोट उच्च माविको खेल मैदानमा भइरहेको डिपोट कपको मंगलवार भएको खेलमा जेम्स, एस ओ एस इटहरी, सैनिक र हिमशिखर स्कुल विजयी भएको छ । जेम्सले मेरिल्याण्डलाई टा्रईवेकरमा ४—३ गोल अन्तरले पराजित गरेको हो । सुविन राई र रोसन लावतिले गरेको एक एक गोलको वरावरीमा खेल सकिपछि खेल टा्रईवेकरमा धकेलिएको थियो । एस ओ एस वालग्रामले सुनखरीलाई ७—० गोल अन्तरलले, सैनिकले भिक्टोरियालाई ३—० गोल अन्तरले र हिमशिखर तरहराले सिवनलाई २—० गोल अन्तरले पराजित गरेको छ ।
एस ओ एस इटहरीका तर्फ वाट भिम वस्नेत र सुमन कार्कीले ह्याट्रिक गरेका छन भने सुनाखरिका तर्फ वाट सजल लिम्वुले आत्मघाति गोल गरे । सैनिक आवसिय वाट अमित राई, प्रविण संकर र अनिस नेपालीले एक एक गोल गरेका छन । त्यस्तै गरि हिमशिखरका तर्फ वाट अनिस राई र सुवाम लिम्वुले गरेका थिए । मंगलवार भएको खेलमा मेरिल्याण्ड स्कुलका रोसन लावति, सुनाखरीका खगेन्द्र राई, भिक्टोरियाका सास्वत राई र सिवन स्कुलका मिलन पोख्रेल म्यान अफ द म्याच घोषित भए ।
बुधबार हुने पहिलो चरणको अन्तिम खेल पुर्व क्षेत्रिय प्रहरि स्कुल विरुद्ध सगरमाथा स्कुल विच हुने भएको छ । पहिलो चरणमा पराजित हुने टिमहरुको विहिवार देखि प्लेट च्याम्पिन शुरु हुनेछ ।

Comment