थ्रीस्टार मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा

IMG_5771edited
प्रेमनारायण न्यौपाने
पोखरा
जगजीत श्रेष्ठको एकमात्र गोलको मद्दतमा थ्रीस्टार क्लब ललितपुर पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। मड्डलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक टीम पोखरालाई १–० ले हराउँदै गत वर्षको उपविजेता टीम थ्रीस्टार क्लब दोस्रोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। माघ १ गते हुने उसले सेमिफाइनलमा उसले सशस्त्र प्रहरी बलको एपीएफलाई प्रतिद्वन्द्वी पाएको छ।
थ्रीस्टारको जीतसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।जसअनुसार पहिलो सेमिफाइनलमा मनाङले पुलिस र दोस्रो सेमिफाइनलमा थ्रीस्टारले एपीएफको  सामना गर्नेछ। गोलकिपरसहित राष्ट्रिय टीमका आठ खेलाडी मैदानमा उतारेको थ्रीस्टारले स्तरीय खेल भने प्रदर्शन गर्न सकेन। अधिकांश नयाँ खेलाडी मैदानमा उतारेको पोखराले घरेलु दर्शक र घरेलु मैदानको फाइदा उठान सकेन।
म्यान अफ दी म्याच जगतजीत श्रेष्ठले पहिलो हाफको ४० मिनेटमा गरेको एकमात्र गोल नै थ्रीस्टारको लागि सेमिफाइनल पुग्ने बाटो पर्याप्त बन्यो।विजय गुरुङको क्रसमा कप्तान सन्तोष साहुखलले गरेको हेडिङ गोलकिपर सागर गुरुङबाट रिबाउण्ड भएपछि त्यसलाई जगजीतले सिक्सयार्ड बक्सभित्रबाट वानटचमै जाली चुमाएका थिए।चार मिनेट अघि मात्र थ्रीस्टारकै भिक्टोरको वान भर्सेज वान प्रहार क्रसबारमाथिबाट गएको थियो।सन्तोष साहुखलको फ्रिकिक गोलकिपर सागरले पञ्च गरेरफालेपछि रिबाउण्ड बललाई भिक्टोरले डिबक्सभित्रबाट प्रहार गरेका थिए।
२२ मिनेटमा पनि थ्रीस्टारको लागि एल्बीसले गोल गर्ने अवसर गुमाए। जगजीत श्रेष्ठले २४ यार्डबाट हानेको फ्रिकिक विपक्षी डिफेन्सबारबाट रिबाउण्ड भएपछि जगजीतै क्रसमा एल्बीसले सिक्सयार्ड बक्सभित्रबाट हानेको प्रहारलाई पोखराका डिफेण्डर रबि थापामगरले क्लियर गरिदिएका थिए।
२० मिनेटमा पोखराले राम्रो अवसर पाएको थियो। अनिल गुरुङको लामो फ्रिकिकलाई थ्रीस्टारका गोलकिपर किरण चेम्जोङले अगाडि बढेर नियन्त्रणमा लिए। तीन मिनेट थप गरिएको पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पोखराले बराबरी गर्ने अवसर गुमायो। राकेश गुरुङले गोलकिपर किरणलाई विट गरेर खालीपोस्टमा फालेको बललाई डिफेण्डर सागर थापाले गोललाइन नजिकैबाट क्लियर गरिदिए।नेपाली राष्ट्रिय टीमका कप्तान सागर थापा यसै हप्ता मनाङमस्र्याङ्दी क्लबबाट थ्रीस्टारमा आएका हुन्।मनाङ छोडेपछि सागरको यो पहिलो खेल हो।
दोस्रो हाफमा थ्रीस्टारले डिफेन्सिभ खेल्दै काउण्टरमा जाने रणनीति बनायो। जसले गर्दा उसले अधिकांश समय डिफेन्सिभमै ध्यान लगायो। जसले गर्दा पोखराका हरेक प्रहार असफल बने। दोस्रो हाफको १५ मिनेटमा थ्रीस्टारको लागि दोस्रो गोल गर्ने अवसरमा जगजीत चुके। डिबक्सभित्र पु¥याएको उनको वान भर्सेज वान पासलाई गोलकिपर सागर गुरुङले नियन्णमा लिइदिए।
सो खेलमा थ्रीस्टार क्लबका विक्रम लामा, एल्बीस, भिक्टोर तथा पोखराका सुनिल विक र सौरव मगरलाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।
हारपछि पोखराका प्रशिक्षक राजेन्द्र तामाङले नयाँ खेलाडीहरू थ्रीस्टारका सिनियर खेलाडी देखेर डोमिनेट भएको प्रतिक्रिया दिए। उनले विपक्षी टीम फिटनेशमा कमजोर भएकोले आफूले त्यही किसिमको रणनीति अपनाए पनि विपक्षी टीमका विदेशी खेलाडीले राम्रो खेल्दा आÇना खेलाडी आत्तिएको बताए। उनको भनाइ थियो–‘पहिलो हाफको इन्जुरी समयमा पाएको चान्समा गोल भएको भए टर्निङप्वाइन्ट बन्ने थियो तर सिनियर खेलाडी देखेर हाम्रा खेलाडी आत्तिए।’ औसतमा खेलाडीले प्रदर्शन राम्रो गरेको जानकारी दिए।
जीतपछि थ्रीस्टार क्लबका प्रशिक्षक अञ्जन केसीले गेममा धेरै गोल गर्ने चान्स पाए पनि नयाँ रणनीति र छोटो समयको प्रशिक्षणका कारण सम्भव हुन नसकेको बताए।स्टारले आयोजकविरुद्धको खेलमा ३ः५ः२ को रणनीति अपनाएको थियो। ‘पहिलो म्याच त्यसै पनि सबैलाई गाह्रो हुन्छ, हामीलाई पनि त्यही भयो, त्योसँगै आज नयाँ सिस्टम भएकोले पनि केही गाह्रो भयो, पोखरा आएर मात्र तीन दिन प्रशिक्षण ग¥यौं, हामीलाई जीत चाहिएको थियो, त्यो पायौंं।’ उनले सबै खेलाडीले मेहन गरेर खेलेकोले जीत हात पारेको बताए। सेमिफाइनलमा एपीएफ प्रतिद्वन्द्वी पाएकोमा उनको भनाइ थियो–‘एपीएफ पनि राम्रो टीम हो, हामी अहिले भन्दा सेमिफाइनलमा राम्रो खेल्छौं।’ उनले यस प्रतियोगितालाई राष्ट्रिय लिगको तयारीको लागि प्रशिक्षणको रूपमा लिएको जानकारी दिए।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
बुधबार डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।

तस्बिर सौजन्य उमेस पुन

Comment