सडन डेथमा एभरेष्ट एफसी हङकङको दुर्भाग्य, एपीएफ सेमिफाइनलमा

IMG_55201
प्रेमनारायण न्यौपाने
पोखरा
एभरेष्ट एफसी हङकङका गोलकिपर दिनेश थापामगर अन्तिम पेनाल्टी सुटआउटमा चुकेपछि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब टाइब्रेकरमा जीत हात पार्दै पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को सेमिफाइनलमा प्रवेश गरेको छ।एपीएफले मड्डलबार हुने आयोजक पोखरा–११ र थ्रीस्टार क्लबबीचको विजेतासँग माघ १ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
दोस्रो दिनको बन्दको पनि कुनै प्रवाह नगरी पोखरा रड्डशालामा ओइरिएका दर्शकले भरपूर्ण मनोरञ्जन लिएको सोमबारको खेलमा एपीएफ क्लबले टाइब्रेकरमा एभरेष्ट एफसी हकङकङलाई सडन डेथमा ४–३ ले हराउँदै पहिलोपटक पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित तथा अतिरिक्त समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।एभरेष्ट एफसीको तर्फबाट अधिकांश झापा–११ का खेलाडी सहभागी थिए भने एपीएफको तर्फबाट अधिकांश एन्फा एकेडेमीका खेलाडी सहभागी थिए।
टाइब्रेकरमा दुवैतर्फ पाँच–पाँच जनाले पेनाल्टी हानेको अवस्थामा तीन–तीनको बराबरीमा सकिएपछि खेल सडन डेथमा गएको थियो। सडन डेथमा एपीएफका अञ्जन विष्टको पहिलो प्रहार गोलमा परिणत भएसँगै बराबरीको लागि एभरेष्ट एफसीको लागि पेनाल्टी सुट हान्न आफै तम्सिएका गोलकिपर दिनेश थापामगरले बललाई फस्टबारबाट फालेपछि एपीएफको जीत सुनिश्चित भएको थियो।
टाइब्रकेरमा तीन–तीन गोलको बराबरी हुँदा एपीएफका पाल्साङ लामा, आदित्य चौधरी, हेमन गुरुङको प्रहार तथा एभरेष्ट एफसीका योगेश गुरुङ, विजय धिमाल र कर्ण लिम्बुको प्रहार गोलमा परिणत भएको थियो। यस्तै एपीएफका सुदीप शिखाकार र नवीन लामा तथा एभरेष्टका सुविन मैनाली र दिनेश कार्कीको प्रहारले गोलको दिशा लिएन। एपीएफका सुदीपको प्रहार क्रसबारमाथिबाट बाहिरियो भने नवीनको प्रहार क्रसबारमा लागेर फर्कियो। यस्तै एभरेष्टका सुविनको प्रहार क्रसबारमाथिबाट गयो भने दिनेशको प्रहार गोलकिपर अमृत चौधरीले सेभ गरे।
यसअघि निर्धारित ९० तथा ३० मिनेटको अतिरिक्त समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो। चारवटै गोल दोस्रो हाफमा भएका थिए। दुवैले चार–चारवटा अवसर पाए पनि पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ११ मिनेटमा एभरेष्ट फुटबल क्लबका विशाल राईले गोल गर्दै गोलविहीनको शून्य समयलाई भड्ड गरे।कप्तान नरेन्द्र लिम्बले मिलाइदिएको छोटो हेडिङलाई सिक्सयार्ड बक्सभित्र रहेका अनमार्क विशालले जाली चुमाएका थिए। यसअघि नरेन्द्रले नै प्रहार गरेको बललाई एन्टीलाइटको कारण एपीएफका गोलकिपर अमृत चौधरीले सेभ टाइमिङ मिलाउन नसक्दा बल क्रसबारमा लागेर फकिएको थियो, त्यही बल नरेन्द्रले विशाललाई मिलाइदिएका थिए।
पहिलो गोल फर्काएको चार मिनेटमै एभरेष्टका कर्ण लिम्बुले टीमको लागि दोस्रो गोल गर्न सफल भए।उनले गोलकिपर अमृत चौधरीलाई विट गर्दै खालीपोस्टमा गोल गरे। कर्ण लिम्बु एपीएफको डिफेन्सलाइन विट गरेर अगाडि बढेको अवस्थामा बल सेभ गर्न गोलकिपर अगाडि बढेका थिए।
चार मिनेटको अन्तरमा लगातार दुई गोल गरेर निक्कै हौसिएको एभरेष्ट एफसीले एक मिनेटमै गोल खायो। सन्तोष श्रेष्ठले दिएको लामो क्रसमा ओभरल्यापिङ गर्दै टाइट एड्डलमा पुगेका डिफेण्डर मानबहादुर तामाङले सेकेण्डबारमा हेडिङ गरे। एक गोल फर्काए पनि दबाबमा परेको एपीएफले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा बराबरी गोल फर्कायो।एपीएफका लागि सब्स्टिच्युट खोलडी प्रवीन स्याङ्तानले ठूलो राहत दिलाए। हेमन गुरुङको लामो ग्रासबललाई डिबक्सभित्र रहेका अनमार्क प्रवीनले गोलकिपर दिनेश थापामगरलाई जिल्याउँदै जाली चुमाएका थिए। प्रवीन नौ मिनेटअघि मात्र रञ्जन विष्टको सट्टा मैदान प्रवेश गरेका थिए। प्रवीनको गोल नै एपीएफको जतिमा टर्निङ प्वाइन्ट बन्न पुग्यो। त्यसपछि १५–१५ मिनेटको अतिरिक्त समय खेलाए पनि दुवैतर्फ गोल हुन सकेन र खेल टाइब्रेकरमा गयो।सो खेलमा एभरेष्ट एफसीका कर्ण लिम्बुलाई फिफा रेफ्री श्रवण लामाले एलोकार्ड देखाएका थिए।
हारपछि एभरेष्ट एफसीका प्रशिक्षक इश्वर गुरुङ ‘चन्द्र’ ले दोस्रो हाफको १५ मिनेटमा आफूहरूले दोस्रो गोल गर्नु र १६ मिनेटमा दोस्रो गोल खानु नै टीमको लागि दुर्भाग्य बनेको प्रतिक्रिया दिए।उनले भरपर्दा डिफेण्डर दिलेन लिम्बु घाइते हुनु पनि आÇनो लागि दुर्भाग्य भएको बताए। दोस्रो हाफमा चार मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा घाइते भएर बाहिरिएका दिलेनको नाकको हड्डी भाँचिएको र उनको फेवा सिटी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए।
जीतपछि एपीएफका प्रशिक्षक कृष्ण थापाले सही टाइममासही निर्णय गरेकोले जीत हात लागेको बताए। उनको भनाइ थियो–‘सामान्यतया तेस्रो खेलाडी परिवर्तन गोलकिपर घाइते हुँदाको अवस्थालाई भनेर राखिने गरिन्छ तर मैले ठूलो रिस्क लिएर प्रवीनलाई पठाएँ, उसैले गोल ग¥यो, त्यही गोल नै जीतको टर्निङ प्वाइन्ट बन्यो।’ बुटवलमा सम्पन्न बीपी मेमोरियल गोल्डकपको फाइनलमा पनि एक गोलले पछि परेको स्थितिमा आर्मीविरुद्ध व्यक्तिगत दुई गोल गर्दै टीमलाई उपाधि दिलाएको पनि आफूले रञ्जन विष्टको स्थानमा प्रवीनलाई मैदानमा पठाएको दाबी गरे। ‘पहिलो हाफको १३ मिनेटमा कप्तान गणेश लावतीले वान भर्सेस वान पासमा गोल गर्न सकेको भए हामीले एभरेष्टलाई ४–१ ले हराउने थियौं तर त्यसो हुन सकेन।’ उनले २–० ले अगाडि रहे पनि विपक्षी टीम अण्डरप्रेसरमा खेलेको दाबी गरे।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
मड्डलबार आयोजक पोखरा–११ र ए डिभिजनको टीम थ्रीस्टार क्लबबीच अन्तिम क्वाटरफाइनल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।

तस्बिर सौजन्य ः उमेस पुन

Comment