सरोज प्रति श्रद्धाञ्जली

सरोज प्रति श्रद्धाञ्जली काठमाडौं जिल्ला खेलकुद विकास समिति र नेपाल कबड्डी संघले कबड्डी खेलाडी सरोज महर्जनको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, कबड्डी संघका केन्द्रीय अध्यक्ष तुलशा थापा र महासचिव विनोद प्रजापति, नेपाल उमा कुङफु संघका महासचिव अनिमेशलाल श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारीलगायतले स्व. सरोजको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । सानो गौचरणस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । तार्केश्वर नगरपालिका शेषमती पुल निवासी १७ वर्षिय सरोजको असार ९ गते मोटरसाइल दुर्घटनामा परी निधन भएको थियो । हालै बी प्लसमा एसईई परीक्षा उत्तीर्ण गरेका सरोजले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै सातौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । मध्यमाञ्चल टोलीमा काठमाडौंबाट छनोट हुन सफल स्व. सरोज एक्लो खेलाडी थिए ।

Comment